काठमाडौं/ पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगीको उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाबालाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

उनले विदेश पठाइदिन्छु भन्दै ठगी गरेकाे उजुरी परेको बताइएकाे छ । सोमबार बाबाकाे साथमा उनकी पत्नीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बौध प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया