- धर्मराज नेपाल

ईटहरी/ नेपाली सिने जगतमा चिर परिचित नाम हो छबिराज ओझा । सुरुवाती चरण देखि नै फिल्म क्षेत्र आफ्नो लागि सब थोक हो भन्दै लागि पर्ने ओझाले अहिले ईटहरीमा पनि फिल्म पढ्ने स्कुल “कान्तिपुर फिल्म एकेडेमी” सन्चालनमा ल्याएका छन । पछिल्लो समय पारिवारिक बिवाद उत्कर्समा पुगेर करियरलाई केही असर गरेपनि उनी आफ्नो कामबाट डग्म्गाएका भने छैनन् । हाल उनी एक फिल्मको पनि तयारीमा रहेका छन् । हेर्नुस उनी संग गरिएको विशेष कुराकानी ।

कुराकानीमा आफ्ना जिबन भोगाइका तितामिठा कुराहरु गर्दै नया फिल्म निर्माणको लागि पनि जुटेको उनले बताए । हाल स्कृप्टको काम भैरहेको र १ जना निर्देशन पनि आफ्नो रोजाईमा परिसकेको सुनाए । नारी प्रधान फिल्म बनाउने छबिको फिल्मी निर्माणको ग्याप २ बर्ष भन्दा बढी भईसकेको छ । यता यसै प्रसङ्गलाई जोड्दै अन्तरबार्तामा “नारी प्रधान फिल्म बनाउने तपाईमाथी नारी नै किन खन्नी रहेका छन ?” भन्ने प्रश्नमा उनले रोचक जवाफ दिएका छन् ।

उनको अनुसार अब आफुले बनाउने फिल्म लभ स्टोरिमा मनोरंजनपूर्ण हुनेछ । उनि भन्छन “फिल्म निर्माण गरेर मात्र हुदैन, फिल्म निर्माण गरिसकेपछि प्रदर्शन गर्ने र दर्शकहरुले आरामले हेर्नसक्ने सुविधायुक्त हालको पनि त निर्माण हुनुपर्छ” यसै कुरालाइ मध्यनजर गर्दै उनले केहि समय अगाडी इटहरीमै सुविधायुक्त फिल्म हल निर्माण गरेका थिए ।

दर्जनौं फिल्म निर्माण गरिसकेका उनले राजेश हमालको पहिलो फिल्म ‘युग देखि  युग सम्म’ देखि अहिले ‘मङ्गलम’ सम्म आइपुग्दा धेरै अन्तर रहेको कुरा समेत उनले प्रस्ट पारे । उनले एक रमाईलो प्रसङ्गमा “धेरै लभका फिल्म बनाए त आफु भने फ्लप छु” भन्दै पछिल्लो समय आफ्नो परिवार भित्र आएको बिवादको बारेमा पनि अन्तरबार्तामा बोलेका छन् । शिल्पाले केहि समय अगाडी आफ्ना श्रीमान छविले कानको जाली फुटाए भन्दै पुलिसलाई उजुरी दिएकि थिईन्, जुन अहिले पनि कानुनी प्रक्रियामा मुद्दा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया