कोरोना बारे सेलिब्रेटिको कुरा :

ईटहरी/ अभिनेता सलिनमान बनियाँले करिअर सुरुवात गरेको पनि लामो समय भएको छैन । ‘ए मेरो हजुर २ र यात्रा’ उनले काम गरेका चलचित्र हुन् । पहिलो चलचित्रबाट नै सलिनमानले राम्रो क्रेज बनाएका छन् । चकलेटी अनुहारका सलिनमानको स्टारडम छोटो समयमा नै राम्रो बनेको छ । उनै, सलिनमान केही बर्षदेखि प्रेममा पनि छन् । उनी, अस्प्रिनासँगको प्रेममा रमाइरहेका छन् ।

केही समयअघि प्रेमिकालाई आफ्नो ‘सबथोक’ भन्दै प्रेमिल तस्विर इन्स्टाग्राममा पोस्ट्याएका सलिनमानले बुधवार फेरि प्रेमिका अस्प्रिनासँगको दुईवटा तस्विर साझेदार गर्दै प्रेम अभिव्यक्त गरेका छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ भने हातमा वाइनको गिलास छ । सलिन मात्र होइन, अस्प्रिना पनि बाक्लै रुपमा सलिनसँगका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् ।

सलिनमान बनियाँले इन्स्टामा साझेदार गरेको प्रेमिका अस्प्रिनासँगको रोमान्टिक तस्विरमा ‘सुहाएको जोडी’, ‘क्यूट कपल’, ‘अत्यन्त प्यारो जोडी’ भन्दै थुप्रै कमेन्ट कोरिएका छन् । कमेन्ट गर्ने प्रायः युवती छन् । कतिले कोरोना भाइरसको त्रासको समयमा यसरी एकअर्कासँग नजिक नहुन सल्लाह दिएका छन् भने केहीले सलिनमानलाई नयाँ चलचित्र कहिले आउँछ भनेर सोधेका छन् ।

मंगोलियन लुक्स, फरक हेयर स्टाइल र भिन्न शैलीको ड्रेसअपका कारण अरु अभिनेताभन्दा भिन्न मानिने सलिनमानको गएको वर्ष चलचित्र ‘यात्रा’ प्रदर्शनमा आएको थियो । यो चलचित्रपछि उनले अफर आएका सबै फिल्म रिजेक्ट गरिरहेका छन् । अब आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नआएसम्म चलचित्र नगर्ने उनको अडान छ । उनी दर्शकलाई निराश बनाउने चलचित्र नगर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया