- सुवास संकल्प

कोरोना रोकथामका लागि वर्षाको आर्थिक सहयोग :

ईटहरी/ गएको भदौ २७ र २८ गते ईटहरीको होटल बरन्डामा सम्पन्न भएको “ईमेज मेगा मोडल” चौथो सिजनको अडिसन टेलिभिजनमा प्रसारण भएको छ । चैत्र १६ गते आईतवार ईमेज च्यानलबाट प्रसारण भएको ईटहरीको एपिसोडबाट २ दिने अडिसनको विभिन्न चरण पार गर्दै ६ जनाले काठमाडौ अडिसनका लागि जाने मौका पाएका छन् । ईटहरी अडिसनको दोश्रो राउन्डमा छानिएका १४ जना प्रतिष्पर्धीबाट काठमाडौमा अर्को चरणको अडिसनका लागि ६ जना छानिएका हुन् ।

ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्य सहित इमेज च्यानलले मेगा मोडल रियालिटी शो’ को चौथो संस्करण सुरु गरेको हो । ईटहरी अडिसनबाट रजिता पराजुली, रुशा न्यौपाने, माया राउत, अर्चना खरेल, प्रतिभा चौधरी र पुजा श्रेष्ठले काठमाडौमा अर्को चरणको लागि जाने मौका पाएका हुन् ।

अडिशनमा इच्छुकलाई निशुल्क सहभागी गराईएको थियो भने चर्चित फोटोग्राफर किशोर कायस्थ र मोडल बिना घले जज को रुपमा रहेका थिए । इमेज च्यानलले यसअघि मेगा मोडलका तीनओटा संस्करण आयोजना गरिसकेको छ । मेगा मोडलको सन् २००८ मा भएको पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, २०१० मा रश्मिता महर्जन र २०१५ मा अनुज्ञा चन्द विजेता बनेका थिए ।

प्रतिस्पर्धीहरुले मोडलिङ सम्बन्धित विभिन्न क्रियाकलाप तथा टास्कहरु पार गर्दै अन्तिम चरणमा पुग्नेछन् भने ईमेज मेगा मोडलको उपाधि जित्ने प्रतिस्पर्धीले पाँच लाख नगद तथा अन्य उपहारहरु जित्ने छन् । तीन महिनासम्म चल्ने मोडलीङ टेलिभिजन रियालिटि शोले नेपालको फेशन क्षेत्रमा योगदान पुर्‍याउने विश्वास ईमेज ग्रुप अफ कम्पनिजले लिएको छ । उक्त शो हरेक आइतबार र सोमबार साँझ ८ बजे ईमेज च्यालनबाट प्रसारण भैरहेको छ ।

हेर्नुस् यी हुन् छनौट भएका ६ प्रतिष्पर्धीहरु :

१) रजिता पराजुली

२) रुशा न्यौपाने

३) माया राउत

४) अर्चना खरेल

५) प्रतिभा चौधरी

६) पुजा श्रेष्ठ

कोरोनाबारे ज्योतिष हरिहरको ज्योतिषिय विधि :

तपाईको प्रतिक्रिया