ईटहरी/ कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न सकिरहेका छैनन् । स्थिती नेपालको पनि त्यस्तै हो । लक डाउनका कारण लगभग १० दिनदेखि नेपाल बन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घर भित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ । ‘एस आर वि एन मिडिया’ले आयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन् ।

आफैले रचना गरेको कविता वाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोवाइलले खिचेर एसआरविएन मिडियाको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले पचास हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्नेछन् । प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिन कुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल लक डाउन सकिएलगत्तै गर्ने आयोजकको तयारी छ ।

तपाईको प्रतिक्रिया