ईटहरी/ यतिबेला लकडाउनको मौकामा सिनेमा हलमा प्रदर्शन भैसकेका नेपालि फिल्महरु युट्युबमा धमाधम सार्बजनिक हुन थालेको छ । कोरोना त्रासका कारण विश्वका प्राय नागरिकहरु यतिबेला घरभित्रै बसिरहेका छन् । जसको दिन कटाउने प्रमुख माध्यम ईन्टरनेट बनिरहेको परिप्रेक्ष्यमा नेपालि फिल्महरु पनि युट्युबमा सार्बजनिक हुन थालेको हो । केहि दिन अघि सार्बजनिक भएका फिल्महरु युट्युब ट्रेण्डिङ्गको प्रमुख स्थानहरु ओगटिरहेको अवस्थामा युट्युबमा ‘उमङ्ग’ नामक अर्को फिल्म पनि सार्बजनिक भएको छ । हेर्नुस पुरा फिल्म ।

२०७३ सालको कार्तिक १२ गते सार्बजनिक प्रदर्शनमा आएको फिल्म झन्डै ३ वर्षको द्दौराना पछि युट्युबमा सार्बजनिक भएको हो । फिल्ममा एक बेलाकी चर्चित र ब्यस्त नायिकामा गनिने बिनिता बराल प्रमुख भूमिकामा छिन भने फिल्मले हलमा खासै राम्रो परिणाम बटुल्न सफल भएको थिएन । फिल्ममा बिनिताको अलावा कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेशकुमार केसी आदि कलाकारले अभिनय गरेका छन् ।

कोरियोग्रफर तथा हास्य अभिनेताको रुपमा स्थापित शिव शर्माको यो डेब्यू निर्देशन फिल्म हो । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल तथा बीबी अनुरागीको संगीत छ । फिल्मका अभिनेता कुमार बिसीले नै यो फिल्मको कथा लेखेका हुने । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई फिल्मको कथा बनाएको कुमारले विभिन्न कारणले आफ्नो प्यारो देश छोडेर विदेशिन बाध्य परदेशीहरुको कथाब्याथामा आधारित छ ।

तपाईको प्रतिक्रिया