ईटहरी/ लकडाउनको फुर्सदिलो समयको मौका छोपी सिनेमा हलमा प्रदर्शन भैसकेका नेपालि फिल्महरु एकपछि अर्को गर्दै युट्युबमा सार्बजनिक भैरहेको छ । यस्तैमा केहि समय अघिमात्रै राम्रो हो-हल्ला मचाउदै चर्को बजेटमा निर्माण भएको फिल्म युट्युबमा सार्बजनिक भएको छ । यो फिल्मको एक गीतमा पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनले समेत ठुम्का हानेको कारण राम्रै चर्चा बटुलेको हो ।

गरको भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मलाई आज नया वर्ष २०७७ को अवसर पारेर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । हेर्नुस पुरा फिल्म

फिल्ममा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि फिल्ममा अभिनय छ । यो फिल्मको एक गीतमा सन्निले दुई करोड भारतीय रुपैयाँ बुझेर ‘मेरो नाम सन्नी’ बोलको गीतमा ठुम्का हानेको चर्चा चलेको थियो । तर उनको नाममा राम्रै हल्ला पिटेपनि हलमा दर्शकलाई भने खासै खुशी पार्न सकेको थिएन । सन्निले नाचेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतमा विक्रम जोशीको शब्द लेखन छ ।

तपाईको प्रतिक्रिया