- सुवास संकल्प

ईटहरी/ नेपालि रंग क्षेत्रमा बिबिध चर्चा र आलोचनाको कार्य निरन्तर चलिरहेको छ । पछिल्लो समय कोरोना त्रासका कारण रंगिन दुनिया मस्त निदाए पनि डिजिटल मिडियामा भने विभिन्न गतिविधिहरु भैरहेको छ । छायांकन भैसकेका भिडियोहरुलाई सम्पादन गर्दै युट्युबमा सार्बजनिक गर्ने तथा कलाकारहरु विभिन्न आफ्नो तथा कुनै पनि ब्राण्डको फेसबुक पेजमा लाईभ आउने क्रम बिस्तारै बाक्लिदो छ । यता गायक तथा मोडल दुर्गेश थापा भने भर्खरै आफुले सार्बजनिक गरेको गीत तथा भिडियोको कारण विवादमा तानिएका छन् । उनले सार्बजनिक गरेको ‘मास्कर’ बोलको गीतमा प्रयोग भएका अश्लिल शब्द तथा भिडियोमा प्रयोग गरिएका केहि आपत्तिजनक सिनका कारण दुर्गेश विवादमा तानिएका हुन् ।

उनि यसअघि पनि तिहारमा सार्बजनिक गरेको एक गीतमा सामाजिक खलल पुर्याउने काम गरेको भन्दै विवादमा तानिए संगै पक्राउ समेत परेका थिए । उनलाई सो बेला मुद्दा दायर गर्ने अधिवक्ता यज्ञमणि न्यौपानेले यसपटक पनि गीत तथा भिडियोको बारे आपत्ति जनाएका हुन् । यद्धपि दुर्गेशले सो गीतको भिडियोलाई सार्बजनिक गरे पश्चात नै धेरैले नकारात्मक प्रतिक्रिया दिरहेका छन् । अधिवक्ता न्यौपानेले एक अन्तरबार्तामा ‘मैले चाहि दुर्गेश जी लाई एउटा राम्रो प्रतिभाको कलाकार सम्झेको थिए ! र मानविय त्रुटि भाको होला तिहारको गीतमा र वहा सच्चिनु हुन्छ होला भन्ने मैल सम्झेको थिए !’ भन्दै यस्ता कार्यप्रति आपत्ति जनाएका हुन् । हेर्नुस पुरा जानकारी सहितको भिडियो

उनले ‘गल्तिको प्रयास्चित गरे पनि फेरी उही हालतमा छन्, बोलाई र नियति एउटै रैनछ, वहा त यस्तै अश्लिलता र नकारात्मकता संगै बाच्न चाहनुहुदो रैछ !’ भन्दै ‘नेपालि आमाहरुको अपमान र दिदिबैनीहरुको बैज्जती गरिएको र सामाजिक मर्यादा र कानुन विपरीत भएको’ उल्लेख गरेका छन् । यस्ता अत्यन्तै आपत्तिजनक कार्यप्रति सचेत हुदै कानुन बमोजिम दण्डित हुनु पर्ने र अब चाहि यो कार्यलाई एस्क्युज गर्ने ठाउ नभएको धारणा ब्यक्त गरे । जानी जानी राज्यप्रति गरिएको यस्तो बैमानिलाई अहिलेको विषम अवस्थाबाट राज्य प्रसासन अलि सहज हुने बित्तिकै कानुन बमोजिम दण्डित गर्नुपर्ने उनि बताउछन । यदि उनलाई कानुनि दायरामा लगिएको खण्डमा १ वर्ष कैद हुनेछ ।

यस्तै उनले भिडियोमा फिचर्ड भएकी मोडल सोनीका रोकायाप्रति पनि लक्षित गर्दै सो भिडियोमा दिएको सिनप्रति पनि आपत्ति जनाएका छ्न । निलो चलचित्रमा हुने जत्तिकै सिन देखाउनु सोनिकाको नैतिकताको कुरा हो जस्तो आफुलाई नलागेको भन्दै सोनिकाले आफ्नो छताछुल्ल रुप देखाउदै इज्जत घटाउने काम, नेपालि समाजलाई खिल्ली उडाउने, नेपालि मनोबल र कानुनलाई पनि खिल्ली उडाएको उनले बताए । भिडियोमा सोनिकालाई बेड सिनमा लिप्त भएको देखाईएको छ । पारिवारिक वातावरणमा बसेर हेर्न असहज हुने खालका केहि सिन तथा सब्दहरुले नेपालि समाजलाई गिज्याएको देख्न सकिन्छ । अधिवक्ता न्यौपानेले सहज वातावरण भए पश्चात यो पटक पनि आफै जाहेरी लिएर जान सक्ने बताए ।

सार्बजनिक गीत तथा भिडियोले नेपालि राज्यसत्तालाई खिल्ली उडाएको उनको ठहर छ । यता उनले सो गीत आफ्ना आफन्तजनलाई पनि देखाउन सुझाएका छन् । उनले ‘यदि तपाईको गीत ठिक छ भने तपाईकी आमा, दिदि, फुपुका अगाडी संगै बसेर सुनेर नाच्नुस अनि वहाहरुले के भन्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । गीतले छोटो समयमा युट्युबमा राम्रै भ्युज बटुले पनि दुर्गेशलाई भने यो पटकको गासमा पनि ढुङ्गा परेको छ । उनले दुर्गेशलाई सुझाब पनि दिएका छन् । सुझावमा उनले वहाको आत्मवल नै यस्तै र यस्तैमा रमाउने भएकाले देशमा नबस्नु भनेका छन् ।

उनि भन्छन ‘म त भन्छु कि दुर्गेश जीलाई यस्ता शब्द लिएर आउनुहुन्छ, छायांकन गर्नुहुन्छ भने नेपालमा नबस्नुस, जानुस जुनदेशमा निला चलचित्र प्रदर्शन गर्ने छुट छ त्यतैतिर जानुस, नेपालको नागरिकता त्याग्नुस !’ उनले यो नेपालि संस्कार र धर्म माथि ठुलो प्रहार भएको सुनाए । गीतमा केहि अशिल शब्दलाई म्युट गरिए पनि केहि अश्लिल शब्दहरुलाई भने त्यतिकै छोडिएको छ । गीतमा नेपालका ठुला काण्डलाई पनि समाबेश गरिएको छ । जसले आम नेपालीको आवाज बोल्दै सरकारलाई झकझक्याए पनि अश्लिलाताले सो आवाजलाई दवाएको छ । उनले यो गीतको केहि समय अगाडि नै फिल्मी शैलीमा ट्रेलर पनि सार्बजनिक गरेका थिए । जसको कारण पनि गीत र भिडियो ब्यग्र प्रतिक्षाको बिषय बनेको थियो । अब आउने दिनमा दुर्गेशलाई के कस्तो कारवाही गर्छ वा गर्दैन त्यो भने हेर्न बाकि नै छ ।

तपाईको प्रतिक्रिया