ईटहरी/ नेपालि सिने नगरी बिचित्रको छ । यस क्षेत्रमा भविष्य खोज्दै गरेका र बनाईसकेकाको गसिपका लहरहरु खुबै चल्ने गरेको छ । बेला बखत कलाकारहरुको काण्डले मिडिया तात्छ भने मिडिया माथि नै कलाकारहरु खन्निएको उदाहरणहरु धेरै छन् । यस्तैमा नायिका पुजा शर्माले पत्रकारलाई अमर्यादित शब्द प्रयोग गरेका छन् । शर्माको सामाजिक संजालमा पत्रकारलाई त्यस्तो आक्रोश सहितको अमर्यादितपनाले उनको स्तरलाई झल्क्याउछ ।

निर्माता तथा निर्देशक सुदर्शन थापाले पोस्ट गरेको एक पोस्टमा उनले त्यस्तो खालको कमेन्ट गरेकी हुन् । जहा आफ्नो चलचित्रको गीत करोड क्वलमा पुगेको र समचारमा नलेखेको भन्दै उनले रिस व्यक्त गरेकी छन् । उनले कमेन्टमा ‘हावा रिपोर्टरहरु छ, फर्स्टमा सर्च गर्नु अनि न्युज बनाउनु नि’ लेखेकी छन् ।

एक साप्ताहिक पत्रिकाले यस वर्ष कुनै पनि चलचित्रका गीतहरुले करोड भ्युज पाएनन् भन्ने आशयमा समचार प्रकाशित गरे । जुन समचारको स्कृनसट गरेर निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्रको गीतले १ करोड २० लाख भ्युज पाएको लेखेर सामाजिक संजालमा पोष्ट गरे । त्यहीँ पोष्टमा पूजाले प्रतिकृया दिदैँ पत्रकारलाई गाली गरेकी हुन् ।

तपाईको प्रतिक्रिया