ईटहरी/ लकडाउनले नेपालि सिनेमा नगरीलाई पनि ठप्प बनाएको छ । यतिबेला फिल्म छायांकन भएका छैनन् भने देशभरका हलहरु बन्द भएका छन् । यस्तै प्रदर्शनका लागि मिति तय गर्दै प्रचारप्रसार गरिरहेका फिल्महरूले पनि आफ्नो प्रदर्शन मितिलाई अनिश्चितकालका लागि पर सारीरहेका छन् । कोरोना भाईरस कोभिड १९ का कारण नेपाल लकडाउन भएपछी यतिबेला सिनेप्रेमिहरुको लागि घरभित्रको टेलिभिजन र युट्युब सिनेमा हल बनेको छ ।

यस्तैमा टेलिभिजनका पर्दाहरुमा पनि हरेक दिन दर्जनको हाराहारीमा फिल्महरु प्रसारण भैरहेका हुन्छन भने सिनेमा हलमा प्रदर्शन भैसकेका फिल्महरूलाई युट्युबमा पनि यहि लकडाउनको मौका छोपेर युट्युबमा सार्बजनिक गर्ने क्रम बढेको छ । पछिल्लो समय केहि महिना अघिमात्र प्रदर्शनमा आएको फिल्म ‘लभ डायरिज’ पनि युट्युबमा सार्बजनिक भएको छ । हेर्नुस पुरा फिल्म ।

गएको फागुनमा भ्यालेन्टाइन डे लक्षित गर्दै प्रदर्शनमा आएको फिल्मले औसत ब्यापार गरेको थियो भने सोचे अनुरुप चर्चा बटुल्न भने सकेन । फिल्मका मुख्य नायक सुशील श्रेष्ठले यो फिल्मबाट पनि पुरानो क्रेजलाई सोचे अनुसार उठाउन सकेनन भने नव नायिका रुबिना थापाको अभिनयको केहि रुपमा चर्चा चलेको थियो । यद्धपि प्रदर्शनको केहि दिनभने फिल्मले दर्शक तानेको थियो ।

प्रेमकथा भन्ने सिनेमाबाट रुबिना थापा डेब्यू गरेकी हुन् । फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसैगरी सिनेमामा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । मधु बास्तोलाको कथा-पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ ।

तपाईको प्रतिक्रिया