लण्डन/ ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका छन् । ५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सो गीत गाएका हुन् । भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक दीर्घाले उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो । त्यसपछि कार्यक्रमका उद्घोषकलगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए । हाल उनको सो भिडियो युट्युब नेपालको ट्रेण्डिङ्गमा छ । रोचक कुरा त के छ भने उनले उक्त शोमा गाएको सन्डे मर्निङ्ग गितको भिडियो युट्युबमा सन्डे नै सार्बजनिक भयो भने यता भाईरल पनि उनि सोहि सन्डेको दिन बाटै भए ।

यो समाचार तयार गर्दा सम्म भिडियो ट्रेण्डिङ्गको दोश्रो स्थान कब्जा गरेको छ भने ६ लाख भन्दा बढि पटक भिडियो हेरिएको छ ।निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेको देखिन्छन् । निरौला अहिले बेलायती मिडियामा ‘सिक्रेट युट्युब एण्ड रियालिटी स्टार’ को रुपमा परिचित भएका छन् । ‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुती दिन पाउनुका साथै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन् । हेर्नुस उक्त भिडियो ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन् । धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका छन् । उनको यो गीत जस्ले बेलायतको त्यती ठूलो प्लेटफर्ममा पाए यति धेरै दर्शक । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो । सन् २०१३ मा युट्युबमा अपलोड गरिएको उनको यो गीत ६० लाख भन्दा बढीले हेरिसकेका छन् । सामान्य र सबैले बुझ्न सक्ने खालको गीत भएको र अंग्रेजी भाषामा भएकोले विदेशीहरुले पनि मन पराएको निरौलाले बताएका छन् ।

तपाईको प्रतिक्रिया