ईटहरी/ नेपालमा अहिले कोरोनाको त्रास झन-झन बढिरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारले नेपाल लकडाउन गरेको छ भने चलिरहेको सम्पुर्णको दैनिकी यतिबेला घरभित्रै थुनिएको छ । यता सभा समारोह, कन्सर्ट लगायतका ठूलो जनमानस भेलाहुने कार्यक्रमहरुलाई भने लकडाउन अघि नै सरकारले रोकिसकेको थियो । यसैले पनि चितवनमा हुने “मेफा आईकन फेसन शो एन्ड म्युजिकल ईभेन्ट-२०२०” ले तिब्रता रुपमा तयारी सुरु गर्न पाएको छैन । बाहिर निस्केर काम गर्न नसके पनि आयोजक टिमले भित्रै बाट भएपनी काम गरिरहेको छ ।

यस्तैमा सो ईभेन्टको अडिसन अनलाईन मार्फत हुने भएको छ । केही समय अघिबाट सामान्य प्रचारप्रसारलाई अगाडि बढाएको टिमले लकडाउन दिनदिनै लम्बिदै गएपछी अनलाईन अडिसनको तयारी तय गर्दै भोलि अर्थात १८ गते शुक्रबार पुर्णता दिन लागेको आयोजकले जनाएको छ । ईभेन्टका आयोजक सुरजका अनुसार अब कोरोनाको त्राश कम तथा लकडाउन खुले लगत्तै कार्यक्रमको ग्रान्ड फिनाले तिर लागि पर्ने बताए । आयोजकले केही समय अघि देखि नै मोडलहरु कलेक्सन गरिरहेको थियो । शोलाई वाई ईभेन्ट्स प्रालीले संचालन गर्दैछ ।

ईभेन्टको शो टपरले एड्भान्स लेभलको मेकअप कक्षा, पब्लिक च्वाईस अवार्ड प्राप्त गर्नेले २० दिनको मेकअप कक्षा र मेफा आईकनको अवार्ड प्राप्त गर्नेले नगद पुरस्कार, मोबाईल, क्राउन, ट्रफी लगायत थुप्रै पुरस्कार पाउने छन् । यस्तै शोबाट बेस्ट मोडल पनि छनौट गरिनेछ भने छनौट भएका बेस्ट डिजाईनर र बेस्ट मोडलले टुर प्याकेज पाउनेछन् । यस्तै शोमा सहभागी भैसकेपछि र्याम्प वाल्क कक्षा संगै पोर्ट्फोलियो शुट, ईन्डोर आउटडोर फोटोसुट, भिडियो, थिम सुट, सेमि थिम सुट लगायतका अवसर प्राप्त गर्नेछन् । अडिसनबाट छनौट भएकाहरुलाई यी कार्यहरु लकडाउन खुले लगत्तै हुने छ ।

उत्कृष्ट सहभागीलाई म्युजिक भिडियो, सर्ट मुभी, वेव सिरिज तथा फिल्ममा समेत मौका दिइने सुरजले बताए । सहभागी हुनको लागि कुनैपनी किसिमको उचाई र मोटाईले फरक नपर्ने उनी बताउछन् । तर १६ देखि ३० वर्ष सम्मका नेपाली नागरिकले मात्र शोमा सहभागी हुन पाउने छन् । सहभागीताको लागि फारम शुल्क ५०० लाग्नेछ भने छानिएका प्रतिष्पर्धीहरुका लागी तालिम शुल्क २५०० लाग्ने छ । भोलि हुने अडिसनमा इच्छुकले ९८१२२१९८४४ र ९८२७२८५९१७ मा सम्पर्क गरि नाम टिपाएर अडिसनको प्रक्रिया अनुसार सहभागी सकिने सुरजले बताए ।

तपाईको प्रतिक्रिया