काठमाडौं/ लकडाउनको मौका छोपेर हलमा सार्बजनिक प्रदर्शन भैसकेका नेपाली फिल्महरु धमाधम युट्युबमा सार्बजनिक हुने क्रम बढिरहेको छ । यो लकडाउन सुरु भएदेखी हालसम्म आधा दर्जन बढी फिल्महरु युट्युबमा सार्बजनिक भैसकेका छन् । जस्ले ट्रेन्डिङको यात्रा तय गरेसंगै राम्रै भ्युज बटुल्न सफल पनि भएको छ । यस्तैमा सौगात मल्ल अभिनित चलचित्र झ्यानाकुटी पनि युट्युबमा सार्वजनिक भएको छ ।

सार्वजनिक चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भुमिकामा अभिनय रहेको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन भने फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् । हेर्नुस् पूरा फिल्म ।

फिल्मलाई युट्युबमा सार्बजनिक भएलगत्तै राम्रै भ्युज प्राप्त भैरहेको छ भने युट्युबमा अप्लोड भएको २ दिनमै ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । ट्रेन्डिङ १ मा रहेको अर्को नेपाली फिल्म ‘लभ डायरिज’लाई पछि पार्दै झ्यानाकुटी पहिलो नम्बरमा पुगेको हो । यस्तै फिल्मलाई यो समाचार तयार गर्दासम्म करिब १५ लाख सम्म भ्युज प्राप्त भएको छ ।

नेपाल लकडाउन सुरु भएको आज ४१ दिन भयो यो बिचमा सौगात अभिनित फिल्म ३ ओटा सार्बजनिक भएको छ । ‘पोइ पर्यो काले’, ‘पन्चेबाजा’ र ‘झ्यानाकुटी’ । उनी यी ३ ओटै फिल्ममा लिड रोलमा छन् । गत साल २०७६ को मंसिर १ गतेबाट प्रदर्शनमा आएको यस चलचित्र ‘झ्यानाकुटी’मा सौगात र बेनिशासँगै पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया