ईटहरी/ मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् । लकडाउन घोषणाको ६ दिन अघिदेखि उनी फुपू र भाइसँग सनसिटी अपार्टमेन्टमा छिन् । विदेशबाट आउनेबित्तिकै १४ दिन घरभित्रै कडा क्वारेन्टाइनमा बसिसकेकी उनी अपार्टमेन्टमै संक्रमित भेटिएपछि झन् त्रसित भइन् । दुई दिन अपार्टमेन्ट सिल्ड हुँदा निकै तनाव बढेको उनले सुनाइन् । तर, संक्रमितहरू निको भएर आएपछि उनी ढुक्क भएर सिर्जनात्मक गतिविधिमा सक्रिय भइसकेकी छिन् ।

यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा थुप्रै कथा लेख्न भ्याइन् । कलेजका लागि सातामा एउटा लकडाउनमा आधारित कथा लेख्नु त छदैछ, अन्य सस्पेन्स थ्रिलर कथा पनि लेखेकी छिन् । ‘दि मिसिङ ब्राइड शीर्षक कथा साँझको ५ बजे लेख्न सुरु गरेकी थिए, लेख्दा–लेख्दै बिहानको ५ बजेको पत्तै पाइन“’, उनलाई अहिले लेख्ने नशा नै लागेको छ । बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् ।

मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन त्यसो त उनको सपना राम्रो सिनेमामेकर बन्ने हो । उनी अझै एक वर्ष पढाइमै लाग्नेछिन्, त्यसपछि मात्रै सिनेमामा फर्किने योजना छ । लकडाउनले उनको नयाँ प्रतिभा पनि उजागर गरेको छ । ‘मैले जीवनमा स्केचसम्म गरेको थिइन“ । यो लकडाउनमा क्यानभास र कुचीलाई पनि साथी बनाए“ । अहिले त चित्रकलाको सिरिज नै तयार हुँदैछ,’ उनले भनिन् । चित्रहरूमा उनले प्रकृति र मान्छेको सम्बन्धलाई विषय बनाएकी छिन् । – प्रस्तुत तस्वीर बेनिशाको ईन्स्टा एकाउन्टबाट लिइएको हो ।

तपाईको प्रतिक्रिया