ईटहरी/ नेपाली लोक संगीतमा २ दसक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन् । बिशेषगरि टिपिकल पुर्बेली भाकाहरुलाई टिपिक्क टिपेर सदाबहार गित बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् ।

‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’, ‘आकाशैमा’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’ मार्फत यतिबेला गाउँघर सम्झेका हुन् । ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा तयार भएको यस गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् । हेर्नुस् भिडियो ।

मनोरञ्जन नेपाल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ । भिडियो निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । गायक तथा लोक संकलक अभय ढुंगेल चर्चित लोक गायक नबिन ढुंगेलका सुपुत्र हुन् ।  

तपाईको प्रतिक्रिया