ईटहरी/ यतिबेला देशैभर लकडाउन भैरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै गैइरहेको छ भने जेठ ५ गतेको लकडाउनलाई अझै थप गर्न सरकारले तयारी गरिरहेको छ । यस्तो बेला सबैजना घरभित्र बस्न बाध्य छन् । दिनभर केही काम नहुदा समय बिताउने एउटा महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ युट्युब । जहाँ लकडाउन भएदेखी फुर्सदमा मनोरञ्जन प्रदान गर्न दर्जनको हाराहारीमा नेपाली फिल्महरु सार्बजनिक भैसके । हालै एक अर्को फिल्म पनि सार्बजनिक भएको छ । 

केकी अधिकारी र नाजिर हुसेन अभिनित छलचित्र राज्जा रानी । यो फिल्मको नेपाली सस्करण २०१८ को जुन ८ मा सार्बजनिक भएको थियो भने मैथिली सस्करण हाल युट्युबमा सार्बजनिक गरिएको हो । नेपाली सस्करणलाई यतिबेला युट्युबमा हेर्नेको संख्या झन्डै ८० लाखको नजिक छ । हेर्नुस् भर्खरै मैथिली भाषामा सार्बजनिक ‘राज्जा रानी’ पूरा फिल्म ।

हलमा खासै सफलता कमाउन नसकेको फिल्मले युट्युबमा भने राम्रै प्रतिक्रिया र चर्चा कमायो । २०७४ को पौष २१ गते प्रदर्शनमा आएको फिल्म तराईको दाइजो प्रथामाथि केन्द्रित रहेर बनाईएको फिल्म हो । आर्यन फिल्म्स प्रोडक्सन र भोर कम्पनिको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई याम थापा निर्देशन गरेका हुन भने चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ । 

तपाईको प्रतिक्रिया