ईटहरी/ विश्व महामारी कारण यतिबेला विश्वका अधिकान्श देशहरु संगै नेपाल पनि लकडाउनमा छ । जसका कारण देशका कुनै पनि ब्यवसाय तथा उधोगहरु सन्चालनमा छैनन् । जसको प्रत्यक्ष प्रभाव नेपाली सिनेमा उधोगलाई पनि पर्न पुगेको छ । हलमा नया फिल्म सार्बजनिक हुन नपाएपनी सार्बजनिक भैसकेको फिल्महरुलाई युट्युबमा सार्बजनिक गर्ने लहर बढेर गएको छ । यस्तैमा एक फिल्मको भने टिजर सार्बजनिक भएको छ ।

लकडाउनको यस्तो अवस्थामा फिल्म ‘रानी महल’को टिजर सार्वजनिक गरिएको हो । रानी महल पुर्व मिस नेपाल निकिता चाण्डकको डेव्यु फिल्म थियो । तर यो भन्दा पछाडी निकिताले खेलेको फिल्म साङ्लो गत बर्ष प्रदर्शनमा आइसकेको छ । जस्ले उनलाई खासै सोचेअनुरुप फाईडा नमिलेको बुझ्न सकिन्छ । ‘रानी महल’को टिजर भने छायाँकन सुरु गरेको २ बर्ष पछि सार्वजनिक भएको हो । हेर्नुस् टिजर यस्तो बनेको छ ।

आन्तरिक विवादका कारण फिल्म रानी महल को छायांकन अगाडि बढ्न सकेको थिएन । २० प्रतिशत छायांकन सकिएपछि फिल्मको टिजर तयार गरिएको हो । कोरोना संक्रमणको त्रास शून्य भइ लक डाउनपछि फिल्मको बाँकी छायांकन सकेर दर्शकमाझ ल्याउने निर्माण पक्षको तयारी छ ।विमल भुषालको निर्माणमा बनेको यो फिल्म ‘रानी महल’लाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।

फिल्ममा निकिता चाण्डकसँगै पृथ्वीराज सेञ्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, वीएस राना, दीपक क्षेत्री, सुस्मिता बम्जन लगायतका कलाकारको मुख्य भूमिका छ । ‘रानी महल’मा निरज कँडेलको छायांकन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ ।

तपाईको प्रतिक्रिया