ईटहरी/ यतिबेला विश्वको सर्वोच्च टेलिभिजन गायन रियालिटी शो को रुपमा रहेको अमेरिकन आईडलले नया अमेरिकन आईडल चुन्ने क्रमको अन्तिम तयारी छ । नेपाली समय अनुसार सोमबार बिहान ५:४५ बाट फाईनल कार्यक्रम सुरु हुनेछ । यो पटक नेपालिहरुको लागि पनि विशेष रहेको छ । सबैलाई अवगत भएको यो कुरामा कोहि पनि झुक्किनु पक्कै हुदैन । नेपालका दिवेशलाई यतिबेला बिजेताको दावेदारको रुपमा हेरिएको छ । नेपाल रहदा देखिनै संगीत क्षेत्रमा लागेपनी चर्चा पाउन नसकेका उनि अमेरिकन आईडलमा पुगे पछि चर्चाले ब्यापकता पायो । हेर्नुस फाईनलको अन्तिम चरणमा नेपालमा लाईभ आउदै यसो भने ।

नेपालिहरु माझ त उनि लोकप्रिय भएनै उता अमेरिका लगायत अन्य देशका नागरिकहरु समेत उनको फ्यान बनेका छन् । पछिल्लो फाईनलको अन्तिम चरणमा रहदै गर्दा उनी नेपालको एक टेलिभिजनमा लाईभ आएका छन् । न्युज २४ टेलिभिजनमा रवि लामिछानेले संचालन गर्ने सिधा कुरा जनता संगमा लाईभ आएका उनले सम्पुर्ण सहयोगी तथा नेपालिलाई धन्यवाद दिएका छन भने अब अन्तिम रहेको हुनाले बाकी रहेको समयमा भोट गर्न आग्रह गरेका छन् । उनले लाईभमा रविको आग्रहमा एउटा नेपाली गीत समेत गाएका थिए ।

तपाईको प्रतिक्रिया