ईटहरी/ नेपालका दिवेश पोख्रेल उर्फ अर्थर गन अमेरिकन आईडलको उप बिजेता हुन सफल भएका छन् । बिजेता हुन नसके पनि उनको यो स्थान हासिल संगै नेपालको लागि समेत ठूलो सफलता हो । अमेरिकन आईडल जस्तो प्लेटफर्मबाट नेपालिको सहभागीतालाई जनाउदै उनि विश्व समुदाय प्रती उदाहरणिय बनेका छन् । दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनी वेस्ट पुगेका थिए । यो सिजनको बिजेता भने जस्ट स्याम बन्न पुगेका छन् ।

अमेरिकन आईडलमा सहभागिता जनाउने उनी पहिलो नेपाली हुन । उनले फाईनलमा पुगेका अन्य ४ प्रतिष्पर्धी संगै प्रतिष्पर्धा गर्दै अमेरिकन आईडलको १९ औ सिजनको उप बिजेता हुन सफल भएका हुन । उनलाई भोटको लागि विश्व समुदाय संगै विश्व भरी छरिएका नेपालिहरुले सहयोग गरेका थिए । २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया