ईटहरी/ बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत ५ दिनको अबधिमा २ करोड ५० लाख बढीको हाराहारीमा भ्युज आएको छ । भिडियोले सार्बजनिकको २ दिनको अबधिमै पनि झन्डै २ करोड भ्युज पाएको थियो । ज्याकलिन फरनान्डेजसँग म्यूजिक भिडियो बनाइएको ‘तेरे बिना’ बोलको गीत मंगलबार युट्युबबाट सार्वजनिक भएको थियो । जुन भिडियो युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा केही दिन रहन सफल रह्यो भने हाल तेस्रो स्थानमा झरेको छ ।

नेपाली फिल्म ‘झ्यानाकुटी’लाई पछार्दै पहिलो स्थान सलमानले ओगटेको थियो । शबिर अहमदको शब्द र अजय भाटियाको संगीत रहेको गीत सलमानले आफै गाएका हुन् । लकडाउनमै तयार पारिएको भनिएको उक्त गीत सलमानको घर वरपर नै सुट गरिएको जनाइएको छ । यसअघि पनि सलमान खानले केही गीतको कभर गाएका थिए । यो समाचार तयार गर्दासम्म भिडियोलाई झन्डै २ करोड ५८ लाख पटक हेरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो बनेको छ ।

भिडियोलाई सलमानकै नामको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । सलमान आफैले निर्देशन गरेको भिडियोलाई लाईक मात्र १४ लाख भन्दा बढिले गरेका छन भने डिसलाईक गर्नेको संख्या १ लाख ८३ हजार बढी रहेको छ । रितेश सोनिले सम्पादन गरेको भिडियोलाई साजन शिहले कोरियोग्राफी तथा छायांकन गरेका हुन् । भिडियोलाई ८५ हजार बढी प्रतिक्रिया प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया