ईटहरी/ यतिबेला विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल लकडाउनमा छ । नेपाल मात्र हैन विश्वको धेरै देशहरु यतिवेला लकडाउनमा छ । लकडाउन भएसंगै देशका सम्पुर्ण कलकारखाना, व्यापार ब्यवसाय संगै उधोग धन्दाहरु ठप्प भएको छ । यस्तै परिस्थितिको समना गरिरहेको छ नेपाली सिने नगरिले । जसका कारण सम्पुर्ण कलाकारहरु यतिबेला घरभित्रै रहेका छन । घरभित्र रहेका सेलिब्रेटिहरुले बिभिन्न परिकारहरु बनाउन सिकिरहेका संगै ब्यायाममा ब्यस्त छन भने केहिले अतिरिक्त कामहरु गरिरहेको सामाजिक संजालमा देख्न सकिन्छ । नायिका साम्राज्ञि राज्य लक्ष्मी शाह पनि यस्तै कार्यमा घरभित्रै लागिरहेकी छन् । उनले भर्खरै आफ्नो ईन्स्टा एकाउन्टमा केही तस्वीरहरु सार्बजनिक गरेकी छन् । जहाँ उनी बिन्दास मुडमा सेल्फी खिचिरहेकी छन् । हेर्नुस् सो तस्वीरहरु ।

तपाईको प्रतिक्रिया