ईटहरी/ नेपाली सिने उधोगमा कुन बेला कस्को भाग्य चम्किन्छ भन्ने कुराको कुनै भर नै हुदैन । निरन्तर बर्षौ देखि संघर्ष गरिरहेका कलाकारहरूले पनि सोचेजती सफलताको स्वाद चाख्न पाएका छैनन् । यस्तै नेपाली सिने उधोगमा सफलताको स्वाद चाख्न नायिकाको रुपमा ‘फिल्म कृ’ मार्फत डेब्यु गरेकी अदिती बुढाथोकी यतिबेला ईन्स्टा र फेसबुकमा खुबै सक्रिय छिन ।

कृ मार्फत हालका सुपरस्टारको दर्जा पाएका अनमोल केसि संग उनले मुख्य भुमिका सहित नायिकामा डेब्यु गरिन । तर फिल्म रिलिज अघि उनको चर्चा खुबै चले पनि फिल्म रिलिज पछि भने उनी खासै चर्चामा रहिनन । त्यसपस्चात नेपाली फिल्ममा नदेखिएकी अदिती फेसबुक र ईन्स्टामा भने आफ्नो हट अवतारको फोटोहरु पोस्ट गर्दै रमाईरहेकी छन् । लकडाउनले त उनी यतिबेला झनै फुर्सदमा रहेको देख्न सकिन्छ । उनले फेसबुक तथा ईन्स्टाग्राममा दैनिक जसो फोटोहरु पोस्ट गरिरहेकी हुन्छन् । हेर्नुस उनले भर्खरै सार्बजनिक गरेको ब्युटी लुक्स :

तपाईको प्रतिक्रिया