- अरुण कुमार प्रधान

ईटहरी/ प्रदेश १ को सुनसरी ईनरुवा घर भई हाल दिल्लीमा मास कमन्युकेसनमा मास्टर गरेकि प्रतिभा अर्चना राठी द्वारा लिखित छोटो चलचित्र “स्पेसल डे” ले “दशौ दादा सहाब फालके फिल्म फेस्टिबल-२०२०” मा जुरि अवार्ड सहित अन्य धेरै अवार्ड हात पार्न सफल भएको छ । उनले प्राप्त गरेको अवार्डमा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड, Cult Critic Award 2020 को बिजेता, New york Movie Award 2020 को फाईनलिस्ट, Couch Film festival 2020 को सेमि फाईनलिस्ट बन्यो ।

यस्तै विनर बेस्ट फिल्म अफ दि ईयर इन शर्टेड फिल्म फेस्टिबल लगायत यो चलचित्र धेरै अन्तरास्ट्रिय महोत्सवमा सहभागी भई सकेको छ । आमा छोराको सम्बन्धको कथामा आधारित ११ मिनेट २१ सेकेन्ड लामो चलचित्र एकदमै मार्मिक बनेको छ । कलर्स टिभीबाट प्रशारण हुने खतरोके खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चड्डाको मुख्य भुमिका रहेको यस छोटो चलचित्रको निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानीले गरेका हुन । यस छोटो चलचित्र कि लेखिका प्रतिभा इनरुवाका पुरानो ब्यपारी घराना प्रकाश राठिका छोरी हुन । हेर्नुस् सो छोटो फिल्म ।

सानै देखि लेख रचनामा रुचि राख्ने प्रतिभाले EPS स्कुल काठमाडौबाट एस एल सि उतिर्ण गरेकी हुन । भारतको सिलिगुडीबाट इन्टरको अध्यन गर्दै उनले कलकत्ताबाट ईङलिसमा ब्याचलर गरेकी हुन । मास कमन्युकेसनमा मास्टर सकेर उनले ईन्डिया टुडे र द हिन्दुमा काम गर्न थालिन् यहि क्रममा उनी द हिन्दुको ब्रान्च अफिस मुम्बईमामा काम गर्न पुगिन । काम गर्ने सिलसिलामा उनले धेरै बिषयमा आर्टिकल र कथाहरु लेख्न थालिन । मुम्बईमा रहदा लेखेको स्पेसल डे को कथा धेरै साथिहरुले मन पराए र साथिहरुकै सहयोगमा टिम बन्यो ।

जुन छोटो चलचित्र पनि बन्यो र धेरै अवार्ड पनि जित्यो भन्दै खुशी ब्यक्त गर्छिन प्रतिभा । मदर्स डे लाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको यस चलचित्रका लेखिकाको नाम प्रतिभा राठी हो तर उनले आफ्नो नामको बिचमा आमाको नाम अर्चना राखी प्रतिभा अर्चना राठी लेख्ने गरेकी छन । अहिलेको पुरुष प्रधान देशमा यो एउटा नौलो सुरुवात हो । चलचित्रको अन्त्यमा सबै टिमले आ आफ्नो आमाको साथमा खिचेको तस्वीरहरु राखेका छन । प्रतिभा अर्चना राठि अहिले मुम्बईमा नै कार्यरत छिन ।

तपाईको प्रतिक्रिया