पोखरा/ देशमा कोरोनाको त्रास संगै सिमा बिवादले यतिबेला देशमा चर्चा पाएको छ । यसै क्रममा कला क्षेत्रका हस्तिहरुले पनि गीत संगीत मार्फत भारतको हेपाहा प्रवृत्तिलाई जवाफ फर्काई रहेका छन् । हालै मेन मिडियाको प्रस्तुतीमा गायक विनोद वानियाको आवाजमा रहेको सन्देशमुलक गित ‘जित्छौ हामी’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।

गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ, कलाकार, खेलाडीहरुले नेपालीसंग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन् ।
भिडियोमा पूर्व प्रधामन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गायिका तथा सांसद कोमल वली, नेपाली फुटवल टिमका पूर्व कप्तान अनिल गुरुङ, रंगकर्मी अनुप बराल, नायक राजबल्लभ कोइराला, नायिकाद्धय दिया मास्के, सिपोरा गुरुङ लगायतलाई देख्न सकिन्छ । हेर्नुस् भिडियो ।

यस्तै महिला फुटबल खेलाडी सावित्रा भण्डारी, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, निराजन प्रधान लगायत चर्चित व्यक्तित्वहरुलाई फिचर गरिएको छ । गितलाई सञ्चारकर्मी सन्जोक बस्यालले लेखेका हुन् । श्यामसुङ तामाङले एरेन्ज गरेको गितमा संगित गायक बाँनियाकै रहेको छ । भिडियोलाई विनोद पोख्रेल, श्रीधर पौडेल, मिलन शंकर, सविन गायक, कमल प्रसाई र विवेक बस्यालले खिचेका हुन् । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ । सम्पादन शाहिल खान र विज्ञान राईले गरेका हुन् । भिडियोलाई सन्जोक र विजय बस्यालले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया