जम्यो अनमोल र सुहानाको क्यामेस्ट्री, यस्तो आयो ‘ए मेरो हजुर-३’को टिजर, २४ घण्टा नपुग्दै ट्रेन्डिङमा (टिजर सहित)
ईटहरी/ अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ ।टिजरमा अनमोल केसी र नव नायिका सुहाना थापालाई प्रस्तुत गरिएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मार्फत झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । सार्बजनिक टिजर युट्युबमा अप्लोड गरिएको ९ घन्टा भित्रै ट्रेन्डिङमा आएको छ । टिजरलाई यो समाचार तयार गर्दा सम्म १ लाख ८६ हजार बढी पटक हेरिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको २९ औ स्थानमा ...