एजेन्सी/ बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक तथा लेखक निक जोनस अहिले वैबाहिक बन्धनमा बाँधिएर एक अर्काका साहारा बनेर हिँडेका तस्विरहरु भाइरल बनिरहँदा एउटा प्रसंग अहिले पनि ज्यूँकात्यूँ नै छ । त्यो हो यो जोडीको उमेरको अन्तर । सन् २००० मा मिस वर्ल्डको उपाधि जितेर विश्वचर्चित बनेकी यि सुन्दरीले उपाधि जित्दा निक कति वर्षका थिए होलान् ? त्यतिबेला प्रियंका १८ वर्षकी थिइन् भने निक मात्र ८ वर्षका बालक थिए ।

सन् २००० मा लिइएको यी दुइको भिन्दा भिन्दै तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । गत वर्षको मेट गाला इभेन्टमा पहिलो पटक भेटेका यी दुइ लामो समयदेखि प्रेममा थिए । उनीहरका पुराना तस्विरहरु विबाहपछि अहिले भाइरल बनिरहेका छन् । कतिपयले प्रियंकालाई भाईसँग प्रेममा सल्किएको आरोप समेत खेप्नुपर्यो ।

तपाईको प्रतिक्रिया