इटहरी/ मोफसलमा बनेका चलचित्रलाई बितरकले लिन नमानेको निर्माताहरुले गुनासो गरेका छन् । थोरै लगानीमा पूर्वमा बनेका चलचित्रले राम्रो कथा बष्तु सहितको चलचित्र बनेपनि हलसम्म नपुग्दा आफुहरुको लगानी जोखिममा परेको गुनासो गरेका हुन । हेर्नुस् भिडियो ।

पूर्वको समसामायिक बिषयमा बनेको चलचित्र ‘माया लाग्छ नि’ को निर्माताले इटहरीस्थित रिर्पाेर्टस क्लबमा पत्रकार सम्मेलन गदै चलचित्र रिलिज गर्न बितरकले नमानेको बताएका हुन ।

उत्कृष्ट कथाबष्तु र लोकल कलाकारको प्रर्बदनको लागी बनेका चलचित्रलाई बितरकको सिण्डिकेट लादेर आफुहरु मारमा परेको उनले बताए । काठमाडौमा रहेका बिभिन्न बितरक संघले आफ्नो चलचित्र लिन नमानेको बताउदै कानुनी बाटो खोज्ने गजमेरले बताए । चलचित्रमा स्थानिय कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया