- सुवास संकल्प

धरान/ आज बाट अंग्रेजी नया वर्ष २०१९ सुरु भएको छ । यस्को स्वागतमा विश्व भरि विभिन्न कार्यक्रमको आयोजना गरियो । यस्तै पूर्वी नेपालको फेसनेवल सहर भनेर चिनिएको शहर धरानमा पनि एक भब्य कार्यक्रम गरि २०१९ लाई स्वागत् गरिएको छ । अमिर कला केन्द्र काठमाडाैँ तथा अंकित श्रेष्ठको संयुक्त आयोजनामा न्यू इयर इभ फेसन रनवे विथ म्युजिकल नाइट नाम दीएर उक्त कार्यक्रम सम्पन्न भएको हो । फेसन शो मा धरानका मोडलिङ क्षेत्रमा प्रवेश गर्दै गरेका अर्थात मिस्टर पूर्वाञ्चल २०१८ का विजेता रोमन श्रेष्ठ, फस्ट रनरअप सचिन धमला, मिस्टर पुर्वाअञ्चलमै बेष्ट वाकको उपाधि जित्न सफल युनिष कार्की, हिपस्टार फेसन सोमा सहभागीता जनाइसकेका अमित आचार्यको सहभागीता संगै उनीहरुले र्याम्प वाल्क गरेका थिए ।

त्यस्तै ईटहरी फेसन परेड तथा एस डब्लु फेसन शोमा सहभागीता जनाइसकेकी इटहरी निवासी मोडल अनु श्रेष्ठ, मिस पूर्वाञ्चल २०१६ मा मिस पब्लिक च्वाईस हुन सफल अदिती लामा, मिस एसईई २०१८ मा मिस एक्टीभ उपाधि जित्न सफल स्वेता पोख्रेल, मिस्टर एसईई २०१७ मा मिस्टर पपुलर बिजयपुर कलेजद्धारा आयाजना गरीएको मिस्टर एण्ड मिसेज शोमा फ्रेसर फाईनलिष्ट तथा मिस्टर पर्सनालिटी उपाधी चुम्न सफल रेशम मगर लगायतका मोडलहरु सहभागी संगै उनीहरुले विभिन्न ड्रेसमा र्याम्प वाल्क गरेका थिए ।

धरान १० स्थित सैनिक भवनमा डिसेम्बर ३१ अर्थात पुष १६ गते भएको उक्त कार्यक्रममा सहभागी जनाउने मोडलहरुले फेरी अर्को चरणको अडिसन लिदै अमिर कला केन्द्रले विभिन्न अवसरहरु समेत प्रदान गर्ने संयोजक अंकित श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सयौ धराने दर्शकहरुको उपस्थिति रहेको थियो भने सम्पुर्ण मोडलहरुलाई कोरीयोग्राफर सोनाली ताम्राकारले कोरियोग्राफ गरेकी थिइन् । कार्यक्रमको अर्को बिसेष आकर्षणको रुपमा गायक एपी शेर्पा संगै कार्यक्रममा शो स्टपरको रुपमा रहेका कलाकार तथा नायक माधब केसी रहेका थिए ।

तपाईको प्रतिक्रिया