ईटहरी/ पछिल्लो समय नेपालि फिल्ममा पुराना सदाबहार गीतहरुलाई पुनर्जन्म दिदै नया स्वरुपमा समाबेश गर्न थालिएको छ । यस्तैमा ‘वीर बिक्रम-२’मा पनि यस्तै गरिएको छ । कुनै जमानाको हिट गीत आजपनि हिट नै छ ‘पिरतीको मिठो तिर्सना’ । सोहि गीतलाई विर बिक्रम २ मा राखिएको छ । इन्द्रजित मिजार र भारती घिमिरेले गाएको ओरजिनल गीतको नया भर्सनमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर सजिएको छ । सो जीतको भिडियोलाई आज युट्युब मार्फत सार्बजनिक गरिएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ ।

निक्कै नै आकर्षक रुपमा गीतको भिडियोलाई निर्माण गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, बर्षा सिवाकोटी र नाजिर हुसेन लाई फिचर गरिएको छ । बर्षाले टन्नै कोरसहरू बीच पल र नाजिर संग मज्जैले कम्मर मर्काएकि छिन । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन् भने गीतमा संजित गजमेरको संगीत, कुशुम गजमेर र तुलसी घिमिरेको सब्द समाबेश गरिएको छ ।

वीर बिक्रम फिल्मलाई चाम्स ईण्टरटनमेण्टको ब्यानरमा मिलन चाम्सले निर्देशन गरेका छन् भने प्रदिप भारद्वाजले कथा तयार गरेका हुन् । फिल्ममा मिलनकै लगानी रहेको छ भने अर्पण सापकोटा फिल्मको सह निर्माताको रुपमा रहेका छन् । यहि २०१९ भित्रै सार्बजनिक गर्ने तयारीमा रहेको फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुस्सैन संगै बुद्दी तामांग, देश भक्त खनाल, बिनिषा भण्डारी, बिनोद सुबेदी खत्री, मनिष लिम्बु, सौरव शाह लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया