ईटहरी/ नेपाल आइडल सिजन १ का पहिलो रनर अप भएका निशान भट्टराईको ‘मेरो आँखा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा निशानलाई स्वरमा गरीमा केसीले साथ दिएकी छन् । हेर्नुस् भिडियो ।

गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्जै दउरालीको रहेको छ । गीतको भिडियोमाअनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका अभिषेक श्रेष्ठ र नायिका करिश्मा श्रेष्ठको दमदार अभिनय रहेको छ । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने राम प्रसाद चोधरीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया