- सुवास संकल्प

ईटहरी/ नेपालि फिल्मका लागि कलाकारिता गर्न प्राय काठमाण्दौ प्रवेश गर्छन । ठुलो सपना बोकेर हिडेका कतिको सपना साकार हुन्छ त कतिको सपनाले गन्तब्य भेट्ने अत्तोपत्तो छैन । तर मोफसलमा बसेर कलाकारिता गर्दै आएका माधब केसी पुर्वको ईटहरिबाटै राष्ट्रिय स्तरका चलचित्रमा अभिनय गरिरहेका छन् । उनि फिल्ममा संगै म्युजिक ब्बिडियोमा समेत मोडलिङ्ग गर्छन । आधा दर्जन बढि फिल्ममा अभिनय गरेका माधवले पछिल्लो समय अभिनय गरेको फिल्म ‘धुम-३’ हो भने उनले दर्जन बढि म्युजिक भिडियोहरुमा अभिनय गरेका छन् । यस्तै उनि द्वारा अभिनित चलचित्र ‘राम साईली’ प्रदर्शनको बाटोमा छ भने माघ अन्तिम बाट छायांकन सुरु हुने एक फिल्मको लागि माधब यतिबेला काठमाण्डौ जाने तयारि गरिरहेका छन् । उनले भोजपुरी, मैथिली फिल्म तथा टेलिफिल्ममा पनि अभिनय प्रस्तुत गरेका छन् । हेरौ उनका केहि तस्विरहरु ।

तपाईको प्रतिक्रिया