काठमाडौँ/ नायक अनमोल केसी ‘ए मेरो हजुर ३’को लागि अमेरिका उडेका छन् । मंगलवार राति अनमोल अमेरिका उडेका हुन् । फिल्मको एक गीत र केहि अन्य दृश्यको लागि अनमोल अमेरिका उडेका हुन् । फिल्मकी नायिका सुहाना थापा निर्देशक झरना थापा र निर्माता सुनिल थापा भने पहिले नै अमेरिका पुगी सकेका छन् ।

अमेरिका उड्नु अगाडी अनमोलले एयरपोर्टमा पत्रकार संग कुरा गर्दा नायिका सारा सिर्पाली संगको प्रेमको बारेमा पनि बोलेका छन् । उनले भने ‘हामि साथि मात्र हौ र बजारमा आएका कुरा सब हल्ला मात्र हुन् ।’ यस्तै उनले मिलन चाम्सले निर्देशन गर्ने भनिएको ‘ब्याचलर बन्टी’ छाड्नुको कारण पनि बताए ।

उनले पत्रकार संग कुरा गर्दै उनले फिल्ममा आफ्नो चरित्र चित्त नबुझेर सहमतिमै छाडेको बताए । हिरोइन चित्त नबुझेर छाड्नु भएको हो रे नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मसंग कथा र हिरोइन राम्रो भएन भन्ने अधिकार छैन ।’ तपाइले छाडेको ब्याचलर बन्टीको क्यारेक्टर कसले गर्दा राम्रो हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले पल शाह, प्रदीप खड्का, सलिन मान बनिया जसले गर्दा पनि राम्रो हुने बताए ।

तपाईको प्रतिक्रिया