ईटहरी/ नेपालि फिल्मका गीतहरुले पछिल्लो समय बजार तताईरहेको अवस्थामा एक लोक दोहोरि गीतले यतिबेला संगीत बजारमा आक्रामक उपस्थिति देखाई रहेको छ । युट्युबमा पनि फिल्मका गीतहरुले नै प्राय अग्र स्थान ओगटने गरेको यथार्थ छ । तर सार्बजनिकको ४ महिना नपुग्दै ‘सालको पात टपरी’ बोलको लोक गीतले २ करोड भ्युज पाएको छ । लोक दोहोरी गीतको ईतिहासमा सर्वाधिक रुचाईएको ‘सालको पातको टपरी’ बोलको गीत हरेक उमेर समुहका श्रोताहरुको मन मनमा बस्न सफल भएको छ । हेर्नुस भिडियो

यस अघी सबै भन्दा छोटो समयमा करोड प्लस भ्यु पाउने पहिलो लोक गीतको रेकर्ड बनाएको उक्त गीतले अहिले फेरी नयाँ रेकर्ड बनाएको हो । यस अघी कुनै पनि लोक दोहोरी गीतले युट्युबमा यती धेरै भ्यु पाउन सकेको थिएन । यो समाचार तयार गर्दा सम्म २ करोड भन्दा धेरै पटक हेरिएको गीतले १ लाख २३ हजार भन्दा धेरै त लाइक मात्रै पाएको छ भने जम्मा ११ हजार डिस्लाइक पाएको छ । यो गीतबाट नायिका मरिस्का पोखरेलले पनि निक्कत चर्चा बटुलिन ।

कुलेन्द्र विश्वकर्मा र बिष्णु माझीको आवाज रहेको गीतमा नवराज पन्तको शब्द रहेको छ । गीतमा बसन्त थापाको संगीत तथा आशिश अबिरलको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री मरिस्का पोख्रेल, गायक कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको अभिनय रहेको छ । गीतको भिडियोमा शिव बिकको निर्देशन तथा उनकै कोरियोग्राफी रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया