- सुवास संकल्प

ईटहरि/ नेपालमा मात्रै हैन देश बाहिर पनि रियालिटी शो हरुको चर्चा र सफलता निक्कै हुने गरेको छ । संगै सो रियालिटी शोहरुमा नेपालीहरुको बाक्लो सहभागिता र सफलताले त झन् नेपालीलाई हर्षित बनाएको छ । यसैबिच प्रदेश १ को मुटुको रुपमा परिचित ईटहरिका ११ वर्षिय प्रितम आचार्य चर्चित भारतिय गायन रियालिटि शाे शारेगमप लिटल च्याम्स काे मेघा राउन्डमा दमदार प्रस्तुति दिएका छन् । हेर्नुस शारेगमप लिटल च्याम्सको प्रोमोमा गीत गाउदै प्रितम ।

यद्धपि यो शोको टेलिभिजनमा औपचारिक प्रसारण भने भैसकेको छैन । तर शो को भर्खरै सार्बजनिक ट्रेलरमा उनको दमदार प्रस्तुति संगै जुरीहरुको मन जितेको प्रष्टै देख्न सकिन्छ । प्रितमले यसअघि डिजिटल अडिसन दिदै मुम्बई र दिल्लि अडिसन पार गरिसकेका छन । हेर्नुस उनले गएको गीतको पुरा भिडियो ।

मेघा राउन्डमा उनले जजहरुकाे तर्फबाट स्ट्यान्डिङ अवेसन साथै निकै राम्राे प्रतिकृया पाएको देख्न सकिन्छ । उनलाइ जजहरुले निकै उत्साहका साथ बाेकेर उचालेका समेत देखिन्छ । प्रितम आचार्य नेपालकाे सुरशाला आईडल जुनियरका उपविजेता समेत हुन । हाम्रो तर्फबाट पनि प्रितमलाइ सबैले साथ सपाेर्ट गर्नको लागि हार्दिक अनुरोध । हेर्नुस प्रितम र उनको मम्मी संग गरिएको कुराकानी । यो कुराकानी प्रितम दिल्ली अडिसन जानु अघि गरिएको हो ।

तपाईको प्रतिक्रिया