ईटहरी/ गायक सुनिल मगरको ‘लेकैमा’ बोलको नयाँ म्युजिक भिडियाे सार्बजनिक भएको छ । सेलो पप शैलीको यो गीतमा शब्द भवनी कंडेल तथा संगीत बिक्रम थापाको रहेको छ भने संगीत सम्योजन सन्दिप कार्किले गरेका छन् । कलिन्चोकको रमणीय ठाँउमा यो गीतको भिडियोलाई छायांकन गरिएको छ । हेर्नुस भिडियो

उमेश राई (फुलन्देकि आमा) लाई यो गीतको सार्बजनिक भिडियोमा दोहोरो भुमिकामा देख्न सकिन्छ । उमेशलाई मोडल निरान्जली लामाले साथ दिएकि छन । त्यस्तै गायक सुनिल, माधव, मन्जु र पासङ पनि भिडियोमा फिचर भएका छन ।

भिमफेदी गाईजको फीचरिङ्ग यस भिडियोलाई पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको हो भने पवनले नै भिडियो छायांकन गरेका छन् । पवन पछिल्लो समय भिडियो छायांकन तथा सम्पादनमा चर्चा कमाउदै छन् भने भिडियो निर्देशन तर्फ पनि लागेका छन् । भिडियोलाई भिमफेदी गाईजको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया