ईटहरी/ पछिलो समय सामाजिक संजाल टिकटकमा भाइरल भएका ट्वीन्स अर्थात जुम्ली प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित गीत हाम्रो माया जिन्दावाद ट्रेन्डिंग २ मा पर्न सफल भएको छ । चर्चित मिडिया कर्मी शिशिर भण्डारी र चर्चित गायिका बिन्दु परियारले आवाज दिएको गीत हाम्रो माया जिन्दावाद गएको शुक्रबार सार्वजनिक भएको हो । हेर्नुस् भिडियो ।

भिडियो सार्वजनिक भएको ४ दिनमै १३ लाख भन्दा बढीले हेरिसकेका छन् । हाम्रो माया जिन्दावादमा शिशिर भण्डारी र बिन्दु परियारले स्वर दिएका छन् भने शब्द रचना शिशिर भण्डारीले नै गरेका हुन् । म्युजिक दिपक सिलवालले गरेका छन् ।

गीतको म्युजिक भिडियो नि निकै उत्कृष्ट निर्माण भएको छ । भिडियोमा गायक शिशिर भण्डारी र ट्वीन्स अर्थात जुम्ली प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।

भिडियो निर्देशन तथा कोरियोग्राफर सुरेन्द्र बसेलले गरेका हुन् । छायांकन नवराज उप्रेतीले गरेका हुन् । सम्पादन नबिन निरौलाले गरेका हुन् । कलर कपिल पराजुली शृंगार लोकेश थापाले गरेका हुन् । यो गीत तथा भिडियो नया नया न्युज नेपालको युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया