ईटहरी/ आगामी जेठ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘जात्रै जात्रा’को चार पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र रिलिज मिती नजिकिदै गर्दा निर्माण युनिटले शुक्रबार चलचित्रको पहिलो चार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक चार पोस्टर मध्य पहिलो पोस्टरमा चलचित्रका सबै कलाकार अटाएका छन् भने दोश्रो पोस्टरमा विपिन कार्की, वर्षा राउत र एक बालक प्रस्तुत भएका छन् ।

त्यस्तै तेश्रो पोस्टरमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह प्रस्तुत छन् र चारौ पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ दुरबिनबाट चिहाइरहेको देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा अभिनेत्री वर्षा राउत रिसाह अवतारमा प्रस्तुत भएकी छिन् । यता फिल्मको ‘जीवन जात्रै जात्रा हो’ बोलको गीत नि सार्बजनिक गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो बनेको छ ।

सार्बजनिक गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ फिचर्ड छन् । काली प्रसाद बास्कोटाको स्वर र संगीत रहेको गीतमा अर्जुन भट्टराईको शब्द रहेको छ । कोरियोग्राफी प्रविन सिंहको रहेको छ । फिल्ममा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको यस चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ भने चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा कथा निर्देशक भट्टराईले नै तयार पारेका हुन् । शिव राम श्रेष्ठको छायाँकन रहेको यस चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको पहिलो गीत ‘माया पिरिम’ दर्शकमाझ हिट छ भने यस चलचित्रको ट्रेलर बैशाख १३ गते सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष छ ।

तपाईको प्रतिक्रिया