ईटहरी/ गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ । प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो । झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन् । हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो ।

गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस गीतमा झुमा झुमा भन्ने शब्द मात्रै दोहोरिएको हो । यसका रचनाकार तथा संगीतकार सबै फरक भएकोले यसलाई झुमा २ भन्न मिल्दैन होला । तर दर्शकले यसलाई झुमा २ नै भन्नु हुन्छ होला । ’ गायक प्रमोद खरेल र नायक पल शाह संग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन् ।

गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यस अघि पनि प्रमोद खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रो पटक काम गर्दा खुशी लागेको बताए । सार्वजनिक भएको गीतलाई आफ्नो यसअघिको कामलाई जस्तै गरी माया गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया