ईटहरी/ साउन ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको शब्द गायक राजनराजकै हो भने एरेञ्ज राजन इशानले गरेका हुन् । हेर्नुस् भिडियो

गीतमा चलचित्रकी लिड अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् । गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायांकन गरिएको छ । यसमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रको कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । पुरुषोत्तम प्रधानको चलचित्रमा छायांकन छ । यसमा कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् ।

तपाईको प्रतिक्रिया