एजेन्सी/ साई पल्लवी साउथ फिल्म उद्योगको चर्चित अभिनेत्रीको नाम हो । पल्लवीले कयौं हिट फिल्महरुमा काम गरिसकेकी छन् । उनी सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ रहन्छन् । पछिल्लो समय उनले लगातार इन्स्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गरिरहेकी छन् ।

उनले सेयर गरेकी तस्वीरहरु सोसल मिडियामा भाइरल बनिसेकेको छ, जसको कारण उनको् जन्मदिन पनि परेको छ । विहीबार उनले आफ्नो २७ औं जन्मदिन मनाएकी छन् । उनको जन्म ९ मे १९९२ मा कोटागिरीमा भएको थियो ।

२०१४ मा उनले टिबिलिसी स्टेट मेडिकल विश्वविद्यालयमा अध्ययन गरिरहेकी थिइन्, सो समयमा निर्देशक अल्फोज पुथरिनले साई पल्लवीलाई फिल्म ‘प्रेमम’मा ‘मलार’को भूमिकाको लागि अफर गरेका थिए । यसै फिल्मबाट उनले साउथको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

त्यसपछि उनको मलयालम फिल्म ‘काली’ पनि निकै हिट फिल्म बन्यो । साई पल्लवीको अभिनयलाई दर्शकहरुले खुब रुचाए पनि । अभिनेत्री साई पल्लवी एक कुशल डान्सर पनि हुन् ।

केही मानिसहरु गोरोपनाको धेरै दीवाना हुन्छन्, साथै आफू गोरो हुनुका लागि जे गर्न पनि तयार हुन्छन् । यस्तै गोरोपन देखाउने क्रिमको प्रोमोशनको लागि अभिनेत्री साई पल्लवीले सीधै इन्कार गरिदिएकी छन् । यस प्रोमोशनको लागि उनलाई दुई करोडको अफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया