ईटहरी/ गायिका तथा मोडल सिर्जु अधिकारीको र गायक एवम् सर्जक कृष्ण रेउलेको स्वर रहेको ‘रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत पनि गायक कृष्ण रेउलेकै रहेको छ । हेर्नुस भिडियो

‘रेलिमै’ बोलको लोक तथा दोहोरी गीतको म्युजिक भिडियो फ्युजन गरिएको छ । लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।

दुर्गा पौडेलले यस गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने नविन घर्ती मगरको सम्पादन गरेका छन् । कृष्ण रेउले र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया