- सुवास संकल्प

ईटहरी/ न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासंग’ कार्यक्रम संचालन गरि लोकप्रिय बनेका पत्रकार रबि लामिछानेले बार्हौ प्रश्नलाई कुइट गर्दै नेपाली रु ६ लाख ४० हजार रकम जितेका छन् । त्यस्तै राष्कोट अस्पतालको सहयोगार्थ श्री स्टिलले ३ लाख २० हजार र पुष्पतारा ले ३ लाख २० हजार थप गरि १२ लाख ८० हजार जम्मा पारेका छन् । उनले यो कार्यक्रममा रबि गत अप्रिल ३० मै सहभागी हुन पुगेका थिए तर उनी सहभागी भएको एपिसोड हालसम्म प्रसारण भएको थिएन । संगै उनले जितेको रकमलाई पनि गोप्य नै राखिएको थियो । हेर्नुस् भिडियो ।

रबिले यहाबाट जितेको सम्पुर्ण रकमलाई उनी नितृत्व रास्कोट सामुदायिक अस्पताल निर्माणको लागि खर्च गर्नेछन् । भर्खरै निकिता पौडेल संग लगनगाठो कसेका रबि राजेश हमाल संग फास्ट एण्ड फिङर नखेली सिधै हट सिटमा पुगेका हुन् ।  यसअघि उनले एक करोड जितेको धेरैले आकलन गरेका थिए तर त्यो सत्यता नभएर को बन्छ करोडपतिबाट सो एक करोड राजिब जैनले जितेका थिए । सो एपिसोड प्रसारण भैसकेको छ ।

नेपालमा केहि समय अघिबाट प्रसारण सुरु भएको ‘को बन्छ करोडपति’ले नेपालमा यतिबेला निक्कै चर्चा पाईरहेको छ । नेपालि सेलिब्रेटी हरुदेखी लिएर आम नेपालीहरुले पनि आफ्नो ज्ञानलाई प्रदर्सन गर्दै १ करोड सम्म नगद पुरस्कार जित्न सक्छन । तर हालसम्म नेपाली सिरिजमा १ करोड जितेको यो नै पहिलो हो । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ ।

एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् भने कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्धारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया