ईटहरी/ आउदो असोज ३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरीज’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । माया प्रेमको कथामा आधारित रहेको चलचित्रलाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन ।

सार्वजनिक २ पोस्टरमा नायक सुशील श्रेष्ठ र नायिका रुबिना थापा फिचर्ड भएका छन् । जस्मा दुबै रोमान्टिक मुडमा देखिएका छन् । एक पोस्टरमा भने सुशिलले सिक्स प्याक पनि देखाएका छन, सिक्सप्याकमा रुबिना मस्त छिन् ।

फिल्ममा सुशील र रुबिनाको अलवा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । मधु बास्तोलाको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायाङकन रहेको छ । विनोद सापकोटाको लगानी रहेको लभ डायरीजमा सह निर्माताको रूपमा सरोज तुलाधर रहेका छन् ।

तपाईको प्रतिक्रिया