ईटहरी/ यतिबेला को बन्छ करोडपतिको चर्चा नेपालमा निक्कै नै चलि रहेको छ । यसै बिचमा एउटा बिबादित कुरा बन्न सक्ने बिषय सार्बजनिक भएक छ । जुन कुरालाई पत्रकार दिल निशानी मगरले सार्बजनिक गरेका छन् । केहि समय अघि यो शो मा मोरंगका राजिब जैनले १ करोड जितेका थिए जुन आयोजक र राजिब बीच सेटिङ्ग मिलाएर जितिएको कुरा उनले तथ्य सहित खुलाएका छन् । हेर्नुस उनको कुरा ।

मगरले “को बन्छ करोडपती कार्यक्रममा विराटनगरका राजीव जैनले एक करोड रुपैया जितेका हुन् तर त्यो सबै सुनियोजित रुपमा
आयोजक र उनीबिच सेटिगं मिलाएर जितेको प्रष्ट हुन्छ। त्यो कार्यक्रममको 34:15 देखी 34:20 मनेट सम्म कान नजिक लगेर सुन्नुहोला । मिनी माईक्रोफोनबाट कसैले माघ हो माघ भनेर गाईड गरेको प्रष्ट सुन्न सकिन्छ ।” भनेर लेखेका छन् । हेर्नुस सो एपिसोड

जुन कुरालाई हामीले सुन्दा र हेर्दै जादा उनले स्टाटसमा भनेको “३४:१५ देखी ३४:२० मनेट”को समयमा राजिब र राजेश हट सिटबाट उठेर घुम्दै प्रश्नको जवाफ सोचिरहेका छन् । जुन बेला राजिबले चुनाब फागुनमा भएको हो, घोषणा चाहि “फागुन” भन्दै गर्दा नेपथ्यमा “माघ हो माघ” भनेर बोलेको आवाज सुनिन्छ । सो आवाज आउने बित्तिकै उनले फागुन हो भनेर बोलेका छन् । सोहि कुरालाई मगरले स्टाटसमा लेखेका छन् । अब यसको सत्य र तथ्य केहो भन्ने कुरा आयोजकले अबस्य बोल्ने छ भने निर्णायकिय जिम्मा आम दर्शक श्रोताको नै हो ।

तपाईको प्रतिक्रिया