- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय अत्याधिक रुचाईएको र लोकप्रिय बने संगै युट्युबमा पनि आफ्नै तरिकाले रेकर्डहरु तोड्दै अघि बढिरहेको छ । यो संगै लय चोरीको आरोप पनि पछिल्लो समय जटिल माथि झनै जटिल बन्दै गैरहेको छ । गलबन्दीमा समाबेश गरिएको लय पुराना गायक तथा संगीतकार सम्भु राईको एक गीतमा हुबहु मिल्न गएपछि यो बिषय चर्किदै गएको हो । यतिबेला सम्भु राईले विभिन्न अनलाईन मिडियामा आएर आफ्नो राय तथा बिचार ब्यक्त गरिरहेका छन् । उनले यो हुबहु मिलेको कुरा एक टेलिभिजनमा रेखा ढुङ्गानाको ‘तिम्रो माया रसिलो’ बोलको गीत प्रसारणको लागि बुझाउन जादा चिया खादै गर्दा ठुलो स्क्रिनमा गलबन्दी बजेको देखेको बताए ।

सब्द फरक तर गीतको लय आफ्नो देख्दा आफु छक्क परेको एक अनलाईन मिडिया संगको कुराकानीमा सुनाए । आफ्नो नाम सो गीत तथा भिडियोमा कतै नदेखेपछि आफ्नो सिर्जनामा कसैले छुरी हानेको आभाष उनलाई भयो । आफुले प्रकाश सपुत संग एक दुई पटक कुराकानी पनि भएको बताए । उनको सकेसम्म आफुहरु मिलेर अघि बढ्ने र मिल्छ भने कुनै सस्था वा कानुनि दायरामा नजाने सोच छ । तर आफुहरुको अनौपचारिक छलफलको निकास खासै राम्रो नदेखिएकोले अब औपचारिकताको बाटो तर्फा लाग्ने सुनाए । यसको अर्थ अब उनि कानुनि बाटोलाई अङ्गाल्न लाग्दैछन भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

राईले भने ‘आफुलाई रोयल्टी चाहिएन’ । उनले थपे “आफ्नो सिर्जना गलबन्दीमा स्थापित भैसकेको छ, त्यसैले सम्बोधन हुनु जरुरि छ ।” अरबले हेरेपनि आफुलाई त्यसको रोयल्टी नचाहिने भन्दै प्रकाशलाई सुभकामना दिदै संगीत आफ्नो हुनुपर्ने वा प्रकाशको आफ्नो पनि लगनशिलता र सिर्जना गीतमा छ भन्ने लाग्छ भने क्रियसन सम्भु राई र रि-क्रियसन प्रकाश सपुत राख्ने राईले प्रस्ताब राखे । संगै सम्पुर्ण कुरा प्रकाशलाई राख्न अनुरोध गरे । तर यति कुरामा पनि प्रकास बाट सहि जवाफ वा निष्कर्ष नआएपछि आधिकारिक रुपमा संघसस्थालाई गुहार्ने र न्याए माग्ने कुराकानीमा बताए ।

गलबन्दी संग गायक तथा संगीतकार शभु राईको ‘आउ नाचौ साथि हो कम्बर कसेर’ बोलको देउसी भैलो गित मिलेको हो जुन गित आज भन्दा करिब २७ वर्ष अगाडी विक्रम सम्बत २०४८ सालमा शम्भु राईले क्रियसन गरेका थिए । शम्भु राईको उक्त गित र प्रकाश सपुतको गलबन्दी गितको संगीत र लय लगभग मेल खाने खालका छन । गलबन्दीलाई धेरै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । यता प्रकाशले भने आफुले यो गलबन्दी बन्नु अघि सम्भु राईको सो गीत नसुनेको अभिव्यक्ति दिएका छन् । गलबन्दीबाट मोडल अन्जली अधिकारिले निकै चर्चा पाईन भने उनको लजाउने शैलीले व्यापक बन्यो । उता सो गीतको भिडियोमा समाबेश ‘ढिलो आयो, कडा आयो’ डाईलोग निक्कै भाईरल भएको छ । अब यो बिषयले कहा पुगेर बिट मार्छ भन्ने कुरा भने आउने दिनहरु कुर्ने पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया