ईटहरी/ नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’को युट्युबमा सार्वजनिक भएको छ । फिल्म  गएको २२ भदौ देशव्यापी रिलिज भएको थियो । क्राइम थ्रिलर र रोमान्टिक फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो । हेर्नुस् पूरा फिल्म ।

फिल्ममा अनुप सापकोटाको कथा र केदार भुसालको पटकथा छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको सङ्गीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो ।  

तपाईको प्रतिक्रिया