ईटहरी/ नेपालीले मौका पाए कोही भन्दा पछि छैनन् भन्ने उदाहरण बनेकी छिन्, २५ वर्षीया नेपाली मुलकी चेली प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को फाइनलसम्म यात्रा गर्न सफल भएकी छिन । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन् । फाइनलमा पुगेपछि उनले आफ्नो फ़ाइनलिस्टको इण्ट्रो एक भिडियो युट्युब मार्फत सार्बजनिक गरेकी छिन । हेर्नुस् सो भिडियो ।

नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् । २०१९ को संस्करणमा फाइनल पुगेर प्रतिष्ठा ‘तृष’ राउत ‘पब्लिक फिगर’ बनेकी छन् । राउत पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन् । उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन् । उनी पेशाले आर्किटेक हुन् । हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी हुन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन् ।

बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा, सोचेभन्दा राम्रो रेस्पोन्स – माया, सपोर्ट नेपाली समुदायबाट पाएपछि उनि निकै खुसि छिन । यो प्रतियोगिताको विजेता बनेको खण्डमा ३५ लाख बराबरको नगद पुरस्कारका साथै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन अवसर पाउनेछिन ।

करिब २० हजार आबेदन यस प्रतियोगिताका लागि परेको थियो । इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटि सवथ पर्पोज गरि तीन राउण्ड चलेको सेमिफाइनल पार गर्दै फाइनल मा पुगेकी हुन् । पब्लिक भोटले उनलाई पब्लिसिटी क्वीन उपाधि दिलाएको छ । मिस इङ्ल्याण्डको ग्रान्ड फिनाले ३१ जुलाई र १ अगस्टमा हुने प्रतिष्ठाको फेसबुक पेज मार्फत जानकारी दिएकि छिन ।

तपाईको प्रतिक्रिया