ईटहरी/ यतिबेला गलबन्दी बिवादले चरम रुप लिएको छ । सहमतिको प्रयास गर्दा पनि सो हुन नसकेको भन्दै सम्भु राईले लय चोरिकी आरोपमा मुद्दा दर्ता गरेका छन यता प्रकाश भने आफुले सो लय गलबन्दी बन्नुभन्दा अघि नसुनेको बताउदै आईरहेका छन् । बिबादै बिवादको भुमरी बिच पनि प्रकाश सपूत छमछमी नाचेका छन । हेर्नुस भिडियो ।

गलबन्दी बिबादले पछिल्लो समयमा सामाजिक संजालमा जातियताको कुरा पनि ट्रेन्डिङमा आएको छ । सो खैलाबैला मच्चाउने हरुलाई यतिबेला धमाधम पक्राउ र कारबाहीको कार्य अघि बढिरहेको छ । यता प्रकाश नाचेको ‘चन्द्रमुखी’ गीतले पनि युट्युबमा सार्बजनिक भनेको छोटो समयमै निकै चर्चा बटुलिरहेको छ ।

सिला थापा मगरको प्रस्तुति रहेको सार्बजनिक भिडियोको गीतमा सिला र मन्सुधन थापा मगरको आवाज रहेको छ । यो गीतमा सपुत भने गायक नभएर मोडलको रुपमा देखिएका छन । उनको प्रस्तुती अभिनय र ठुम्कालाई दर्शकले निक्कै रुचाएका छन् । यस्तै गीतमा दुर्गा थापा मगरको शब्द, गायक मन्सुधन थापा मगरकै संगीत र बिलन थापा मगरको एरेन्ज समाबेश गरिएको छ ।

यस्तै गीतको सार्बजनिक भिडियोलाई भने प्रकाश भट्टले निर्देशन गरेका छन भने राजेश घिमिरेले क्यामेरा चलाएका छन् । बिष्णु शर्माले सम्पादन गरेको भिडियोमा प्रकाश सपूत संग गीतकी गायिका सिला थापा मगरले अभिनय गरेकी छिन् । तर उनको प्रस्तुती र अभिनयलाई भने धेरै दर्शकले फितलो भनेका छन् ।

तपाईको प्रतिक्रिया