ईटहरी/ नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाएका छन् । उनले सरकारले सामाजिक सद्भाव र जाति-जातिका बीचमा र नागरिक-नागरिकबीचमा नै द्वन्द्व गराउन चाहेको आरोप लगाए । उनले भने, ‘उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ, यस्ता घटनामा संलग्न थुप्रै माननिय ज्युहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ । यही कुरा प्रकाश सपुत र शान्ति श्री परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । हेर्नुस भिडियो

सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’ ‘गलबन्दी च्यातियो तिमिले तानेर’ बोलको गीत गाउने गायक प्रकाश सपुत र शान्ति श्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको सांसद् विश्वकर्माले बताए । सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसङ्ग उल्ल्लेख गर्दै उनले गाउँघरमा मेलापात जाँदा स्वत-स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पत भएको टिप्पणी गरे ।

उनले भने ‘शुम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहीत गराउन लागि परेको देखिन्छ । त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुन अन्र्तगत, जातिय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु ।’

उहाँले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिए । त्यस्तै सो गीतको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । कतिपय ले जातीय विभेदका बारेमा तुच्छ किसिमका सामग्रीहरू पनि पोस्ट भएका छन् ।

तपाईको प्रतिक्रिया