ईटहरी/ पछिल्लो समय म्युजिक भिडियोमा संगीतकर्मी हरुको लगाब निक्कै बढेको देखिन्छ । यो लगाबको मुख्य कारण युट्युब पनि हुन सक्छ भन्न सकिन्छ । हालको परिवेशमा युट्युबको क्रेजले धेरैको ध्यान त्यता तर्फ आकर्षित गरेको छ । यता गायनमा भित्रीएको अन्तरास्ट्रिय फ्रेन्चाईजले पनि संगीतको माधुर्यतालाई संगीतप्रेमिले झनै नजिकबाट नियाल्न थालेको छ ।

पछिल्लो समय नेपाल आईडलबाट चर्चाको सिखरमा पुगेका सुमित पठकले यतिबेला आफ्नो गीत सार्बजनिक गरेका छन् । सार्बजनिक पश्चात् हाल यो गीत युट्युब नेपालको ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । हामिले यो समाचार तयार गर्दा सम्म यो भिडियो ट्रेन्डिङ नेपालको २१ औ स्थानमा छ । यो उनको अफिसियल दोश्रो गीत हो । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

यता भिडियोलाई हेर्नेको संख्या २ लाख १६ हजार बढी रहेका छन भने १ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । भिडियोलाई १६ हजार बढी लाईक आएको छ । यसअघि उनले अमेरिका ब्वाईज फिल्ममा ‘आमा’बोलको गीतमा स्वर भरेका थिए । सार्बजनिक गीतमा पनि उनको एकल आवाज समाबेश गरिएको छ ।

गीतमा शब्द संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने आकर्षक शैलिमा बनाईएको भिडियोमा गायक सुमित पाठक नै फिचर्ड छन । पाठकलाई भिडियोमा समिक्षा संग्रौलाले अभिनय गर्न साथ दिएकी छिन् । उत्तम हुमागाईले खिचेको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने उनैले भिडियो सम्पादन पनि गरेका छन् । जिट्वान्टीवान डिजिटलको निर्माणमा बनेको भिडियोलाई सोही कम्पनीको युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया